विश्व

एसियामा विद्युतीय फोहोर उत्पादन खतरानाक रुपमा वृद्धि



मनिला, ३ माघ । करोडौँ मानिसको स्मार्ट फोन तथा अन्य विद्युतीय सामग्रीमा आकर्षण बढ्दा र एसियाली जनताको आम्दानीमा वृद्धि हुँदा एसियाली मुलुकहरुमा विद्युतीय फोहोर तीव्रस्तरमा वृद्धी भएको र यसबाट वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पार्ने देखिएको संयुक्त राष्ट्रसङ्घ विश्वविद्यालयले आइतबार सार्वजनिक एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

एसियामा पछिल्लो पाँच वर्षमा विद्युतीय फोहोर उत्पादन पाँच वर्ष पहिलेको तुलानामा ६३ प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्रसङ्घ विश्व विद्यालयले तयार पारको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यस क्षेत्रका प्राय राष्ट्रमा विद्युतीय फोहोरलाई पुनः प्रयोग र सुरक्षित व्यवस्थापनमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ ।

पछिल्ला केही वर्षमा चीन र एसियाली केही अन्य भू–भाग विकशित राष्ट्रमा उत्पादित विद्युतीय फोहोर थुप्राउने ठाउँ बनेका छन् तर फोहोरलाई पुनः प्रयोग गर्न अपनाइने गरेको प्रविधि प्रायजसो अन्यन्त सस्तो र असुरक्षित प्रविधियुक्त कम्पनीमा गराउने गरको प्रतिवेदनको ठहर छ ।

तर प्रतिवेदनले एसियालाई पछिल्लो समय विद्युतीय फोहोर उत्पादन गर्ने मुख्य स्रोत केन्द्र बनेको बताएको छ । यसो हुनुमा एसियाली जनताको फोन, ट्याबलेट, रेफ्रिजेरेटर, व्यक्तिगत कम्प्यूटर र टेलीभिजनप्रतिको अत्याधिक आकर्षण रहेको बताइएको छ ।

चीनमा सन् २०१० को तुलानामा सन् २०१५ सम्ममा विद्युतीय फोहोर उत्पादन दोब्बर बढेको अध्ययनमा छ । राष्ट्रङसङ्घले अध्ययनका लागि सन् । २०१० देखि सन् २०१५ को अवधि छुट्याएको थियो । सन् २०१५ मा चीनको विशेष प्रशासित क्षेत्र हङ्कङमा प्रति व्यक्ति २१.५ लिकोग्रामका दरले विद्युतीय फोहोरको उत्पादन भएको जनाइएको छ ।

त्यसैगरी सोही वर्ष सिङ्गापुर र ताइवानमा १९ किलोग्रामका दरले विद्युतीय फोहोर उत्पादन भएको थियो । यस क्षेत्रमा कम्बोडिया, भियतनाम, फिलिपिन्स थोरै फोहोर उत्पादन गर्ने राष्ट्रमध्येका रुपमा देखिएका छन् । यी मुलुकमा प्रतिव्यक्ति एक किलोग्रामका दरले फोहोर उत्पादन भएको प्रतिवेदनको ठहर छ ।

यसैबीच राष्ट्रसङ्घीय निकायद्वारा गरिएको अध्ययनले अव्यवस्थित तथा गैरकानूनी विद्युतीय फोहोर व्यवस्थापनका कारण वातवारणमा अत्यन्तै विषालु रसायन प्रवाह हुने र यसबाट जैविक स्वास्थ्य र बातावरणमा समेत नकारात्मक परिणाम निम्तिएको बताइएको छ ।

विद्युतीय सामग्रीमा धातुलाई छुट्‍याउन वा टुक्र्याउन प्रयोग हुने रसायनलाई अध्ययनको खास चासोको विषय भएको भन्दै उक्त रसायन वातावरणमा प्रवाहित हुँदा श्वास लिने क्रममा कुनै पनि प्राणीको शरीरमा प्रवेश गर्ने र जोखिम सिर्जना गर्ने अध्ययनले बताएको छ ।

चिनियाँ शहर गुइयुमा विषाक्त धातुजन्य पदार्थको मिश्रण पानी र हावामा फैलिदा उक्त शरहमा बसोबास गर्ने बालबालिकाको रगतमा नै अत्यधिक लिडको मात्रा पाइने गरेको शान्टोउ यूनिभर्सिटी मेडिकल कलेजका अुनसन्धाताले सन् २०१४ मा गरेको अध्ययनका क्रममा भेटिएको बताइएको थियो । गुइयु फोहोर पुनःप्रयोग गर्ने प्रविधि भित्र्याएर आफ्नो अर्थतन्त्रमा सुधार ल्याएको चिनियाँ शहर हो । रासस-एएफपी