सम्पादकीय

डनलाई जोगाउन गृहमन्त्रीको यस्तो निर्देशन



काठमाडौं, ४ माघ । बिमलेन्द्र निधिले गृहमन्त्री सम्महालेपछि देशको सुरक्षा दिनप्रतिदिन खस्किदै गएको छ । तराईमा अपराधिक समूह सक्रिय भएका छन् भने गुण्डाहरु पनि फेरी सलबलाउन थालेको छ ।

गुण्डागर्दीमै संलग्न बुटवलका मनोज पुनले युवासंघ रुपन्देहीका नेता दुर्गा तिवारीको हत्या गरे । एक महिना हुन लाग्दा पनि हत्यामा संलग्न कोही पक्राउ परेका छैनन् ।

त्यसको एक सातामै नेपालगंजमा युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकीको हत्या प्रयास भयो । बुढाथोकीमाथि आक्रमणमा संलग्नहरु पक्राउ परेका छन् । तर मुख्य अभियुक्तलाई भने जोगाउन गृहमन्त्री निधि नै सक्रिय छन् ।

बुढाथोकी आक्रमणका नाइके नेपालगन्जका गुण्डा रिगल ढकाल भएको अनुसन्धानमा पुष्टि भएको छ । खुकुरी आक्रमण गर्ने लक्ष्मण मल्लले ढकालकै निर्देशनमा आफूले आक्रमण गरेको बताएका छन् ।

आक्रमणमा उनको संलग्नता पुष्टि भइसकेपछि गृहमन्त्री निधिले उनीमाथि मुद्दा नचलाउन बाँकेका एसपी टेकप्रसाद राई र इप्रका कोहलपुरका डिएसपीसुरेश काफ्लेमााथि दवाव दिएको दृष्टि साप्ताहिकमा समाचार छ ।