वीरगन्ज ४ माघ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने वताए ।
नेपाल प्रेस युनियन पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने वताए ।
एक प्रश्नको उत्तरमा उनले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्