काठमाडौं, ५ माघ । नेपालको जनसंख्या भन्दा करिव ४० लाख बढी टेलिफोन वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्याको तुलनामा एक सय २३ प्रतिशत बढी फोन वितरण भएको छ । यो संख्या ल्यान्ड लाइन र मोवाइल दुबै गरी हो ।
केन्द्रिय तथ्यांक विभाग अनुसार हाल नेपालको जनसंख्या दुइ करोड ८६ लाख पुगेको छ । टेलिफोन भने तीन करोड २५ लाख पुगेको छ । एक जना व्यक्तिले एकभन्दा बढी सेवा प्रदायकको सीमकार्ड लिएका कारण जनसंख्याभन्दा बढी टेलिफोन पहुँचमा पुगेको देखिएको हो ।
एकजनाले एउटै सेवाप्रदायक वा फरक फरक कम्पनीको सेवा लिएका कारण टेलिफानेको पहुँच बढेको हो । प्राधिकरणले सार्वजनिक गरेको गत असोजसम्मको तथ्यांक अनुसार मोवाइल प्रदायकले बाँडेको सिमकार्डको संख्या मात्रै तीन करोड मात्रै रहेको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्