सम्पादकीय

सुन काण्डः झन् रहस्यमय बन्दै, किन समातिएनन् मालिक ?



काठमाडौं, ५ माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला रु यो सबैको जिज्ञासाको विषय बनिरहेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको करिव दुइ साता बित्न लाग्यो । तर सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन । सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताईरहेको छ । तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया दिएको छैन् ।

उच्च स्रोतका अनुसार सुनको मालिक पक्राउ गर्दा ठूलो मान्छे तानिने डरले अनुसन्धानको विवरण सार्वजनिक गरिएको छैन ।
सीआईबी प्रमुख डीआईजी नवराज सिलवाललाई सम्पर्क गर्दा उनले सधै एउटै जवाफ दिने गरेका छन् । हामीले अनुसन्धान जारी राखेका छौं ।

सीआईबीले संगठित अपराध ऐन अनतर्गत छानविन गरिरहेको हुनाले अनुसन्धानको म्याद ६० दिनको हुने नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।