सम्पादकीय

काठमाडौंमा पहिलोपटक भारतीय बिजुली, अब लोडसेडिङ नहुने निश्चित



काठमाडौं, ५ माघ । भारतबाट आयात भइरहेको बिजुली मंगलबार पहिलोपटक काठमाडौं आएको छ । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण सहिएपछि भारतबाट आयात भएको करिब २० मेगावाट बिजुली काठमाडौं आएको हो ।

‘प्रसारण लाइन बनेपछि भारतबाट आयातीत बिजुली काठमाडौं उपत्यकामा भित्र्याउन नयाँ बाटो बन्यो,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने,‘मंगलबार साँझ ६ बजेर दुई मिनेटमा ढल्केबर–खिम्ती–लामोसाँघु प्रसारण लाइन हुँदै भारतबाट आयातीत २० मेगावाट बिजुली काठमाडौं भित्रिएको छ ।’

१४ वर्षअघि निर्माण सुरु भएको खिम्तिी–ढल्केबर प्रसारण लाइन सोमबारबाट परीक्षण सञ्चालनमा आएको थियो ।

लोडसेडिङ नहुने निश्चित

भारतबाट आयातीत बिजुली ल्याउन सम्भव भएपछि उपत्यकामा अब लोडसेडिङ नहुने पक्का भउको छ । तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भारतबाट थप बिजुली उपत्यकामा भित्रिएपछि प्रणालीको विश्वसनीयता र स्थिरतामा वृद्धि भएको बताए । उनले भने, ‘अब लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन सक्ने भएका छौं ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।