काठमाडौँ ५ माघ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार मुलुकप्रति जिम्मेवार भए तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिए ।
रिपोर्टसर् क्लब नेपालले यहाँ आयोजना गरेको एक कार्यक्रममा उपाध्यक्ष रावलले मुलुकलाई निकास दिन निर्वाचन नै आवश्यक भएको बताए । उनले भने “सरकारले निर्वाचनको मिति घोषणा गर्छ भने नेकपा एमाले पूर्णरुपमा सहयोग गर्न तयार छ ।
उपाध्यक्ष रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको संविधान तत्काल संशोधनको आवश्यकता नरहेको उल्लेख गरे । उनले निर्वाचनका लागि संविधान संशोधन आवश्यक नभएको पनि स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्