शैक्षिक

भूकम्पले आंशिक र पूर्ण गरी आठ लाख ७७ हजार ६७१ घर क्षतिग्रस्त



काठमाडौ ७ माघ । केन्द्रीय तथ्याङ्क विभागले आगामी एक महिनाभित्र सम्पूर्ण भूकम्प प्रभावित क्षेत्रको लगत सार्वजनिक गर्ने बताएको छ ।

केन्द्रका उपमहानिर्देशक रुद्र सुवालले नेपालको इतिहासमा विभागले पहिलोपल्ट भौगोलिक अवस्था प्रणाली जिपिएस बाट तथ्याङ्क सङ्कलन गरी सार्वजनिक गर्न लागेको जानकारी दिए।

यसअघि केन्द्रले अतिप्रभावित १४ जिल्लाको लगत सङ्कलन गरिसकेको छ । प्राप्त लगतलाई केन्द्रले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हस्तान्तरण डाउनलोटगराइसकेको छ ।

तथ्याङ्क सङ्कलनका लागि केन्द्रले २५०० प्राविधिक ९इन्जिनियर० खटाएको थियो । जस्मा १६०० ट्याबलेटबाट क्षतिग्रस्त ९आंशिक तथा पूर्ण ० आठ लाख ७७ हजार ६७१ घरका एक करोड फोटो सङ्कलन गरेको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौँमा ४० हजार ९१९ पूर्ण र १० हजार २०९ आंशिक घर क्षतिग्रस्त भएको छ । सरकारले पूर्ण क्षतिग्रस्त घरलाई रु तीन लाख र आंशिक क्षतिग्रस्त घरलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

ललितपुरमा २२ हजार ५५५ पूर्ण, आंशिक सात हजार ७९० र भक्तपुरमा २३ हजार ५३२ पूर्ण र आंशिक ६ हजार ६६५ घर क्षति भएका छन् ।

अतिप्रभावित ११ जिल्ला क्रमशः गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, ओखलढुङ्गा, रामेछाप, र दोलखा जिल्लाबाट पूर्ण विवरण आइसकेको भए पनि अन्य प्रभावित १७ जिल्लाबाट दुई लाख घर पूर्ण र आंशिक० क्षति भएता पनि हालसम्म ११ हजार घरको मात्र विवरण सङ्कलन भएको छ ।