Banner News

चितवनबाट किन गरे देउवाले प्रधानमन्त्री बन्ने घोषणा



चितवन,७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि मात्र आफू प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । प्रेस युनियन चितवनले शुक्रमार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारको आयु लम्ब्याउने खेललाई जारी राखेपछि उनको सत्ता लब्याउने खेललाई नजिकबाट हेरिरहेका देउवाले स्थानीय निकायको निर्वाचनपछि मात्रै सरकारमा जाने घोषणा गर्न वाध्य भएको देउवा निकट कांग्रेसका एक केन्द्रीय सदस्यले वताए ।

पछिल्लो समय प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेर सत्ताको आयु लम्ब्याउने खेललाई जारी राखेकै कारण देउवाले चितवनमा पुगेर अहिले नै आफनो प्रधानमन्त्री बन्ने चाहना नरहेको बताएको ती केन्द्रीय सदस्यले जानकारी गराए । प्रचण्डले निर्वाचन पनि नगराउने र सत्ता पनि नछोडने डिजाइनका साथ अघि बढेकाले देउवाबाट आफुलाई अहिले नै प्रधानमन्त्री बन्न हतारो नभएको घोषणा गरेका हुन ।
देउवाले स्थानीय निकायको निर्वाचनपछि मात्रै प्रधानमन्त्री बन्ने घोषणा गर्दैसभापति देउवाले स्थानीय तहको निर्वाचनपछि मात्रै सरकार परिवर्तन हुने दाबी समेत गरे । ‘चैतमा नै सरकार परिवर्तन हुँदैन,’ उनले भने । व्यवस्थापिका–संसद्मा निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने पनि उनले जानकारी दिए । उनले निर्वाचन विधेयक पारित गर्न ढिलाइ भएकाले निर्वाचनसमेत ढिलो हुने उनको भनाइ छ ।

देउवाले संविधान संशोधनमाथि अब हुने छलफलमा विपक्षी दलले अवरोध नगर्ने पनि विश्वास गरे । उनले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारी भएको भन्दै सङ्घीय गणतान्त्रिक लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।