सम्पादकीय

फुटको संघारमा संघीय गठबन्धन



काठमाडौं, ८ माघ । संघीय गठबन्धन फुटको संघारमा पुगेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा रहेको गठबन्धनबाट आदिवासी जनजाति सम्बद्ध नेताले औपचारिक रुपमै बाहिरिने प्रस्ताव राखेका छन् ।

गठबन्धनमा आबद्ध आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका नेता डा। ओम गुरुङले बिहीबारको बैठकमा यस्तो प्रस्ताव राखेका हुन् । गुरुङ गठबन्धनका प्रवक्तासमेत हुन् ।

संघीय गठबन्धन र नयाँ शक्ति पार्टीको बिहीबारको संयुक्त बैठकमा गुरुङले अबदेखि आदिवासी र जनजातिहरु संघीय गठबन्धनमा बस्न् नसक्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई गठबन्धनका संयोजक यादवले भने अस्वीकार गर्दै मिलेर जान आग्रह गरेका थिए ।

संघीय गठबन्धनमा मधेसी मोर्चासहित २९ पार्टी आबद्ध छन् । मोर्चामा सातवटा दल छन् । गठबन्धत्रनमा आबद्ध राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम तामाङ तथा अर्का नेता पासाङ शेर्पा भने यसअघि नै नयाँ शक्ति पार्टीमा मिलिसकेका छन् ।

बिहीबारको बैठकमा गुरुङको प्रस्ताव उद्धृत गर्दै श्रोतले भन्यो, ‘संघीय गठबन्धनमा आदिवासी जनजातिहरु रहे तपाईंहरुलाई पनि अप्ठेरो हुन्छ । हामीलाई पनि अप्ठेरो हुन्छ । त्यसैले अबदेखि बाटो अलग अलग गरौं ।’ गुरुङको अचानक यस्तो प्रस्ताव आएपछि यादव अताल्लिएका नागरिकमा समाचार छ ।