राजनीति

प्रधानमन्त्रीको मन्त्री र राजदूत बनाउने प्रलोभन



काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसबिना पहाड र पहाडबिना मधेसको कल्पना पनि गर्न नसकिने बताए ।

मुस्लिम मुक्ति मोर्चाद्वारा आयोजित ‘धर्मनिरपेक्षता र मुस्लिम मुद्दा’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिङ्गो नेपाल र नेपालमा रहेका नेपाली जनतालाई एकताबद्ध बनाउन पहल गरिरहेको बताउँदै तर केही परिवर्तन विरोधीलाई त्यो मन परेको छैन भने।

प्रधानमन्त्रीले संविधान संशोधनमार्फत मुस्लिमलगायत उत्पीडित समुदायलाई थप अधिकार प्रदान गर्न खोजिएको प्रस्ट पारे। उनलेसंविधानमा उत्पीडितका पक्षमा भएका राम्रा कुराको रक्षा तथा कार्यान्वयन र अपुग कुरा पूरा गर्न एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
परिवर्तनका लागि मुस्लिम समुदायले दिएको योगदान आफूले नबिर्सेको बताउँदै प्रधानमन्त्रीले संविधानमा मुस्लिमका अधिकार सुनिश्चित हुने कुरामा ढुक्क रहन आग्रह गरे । प्रधानमन्त्रीले सो अवसरमा मुस्लिम समुदायबाट एक मन्त्री र एक राजदूत बनाइने घोषणा गर्दै संविधान कार्यान्वयनमा सहयोग गर्न मुस्लिम समुदायलाई आग्रह गरे।