सम्पादकीय

सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता



काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन् ।

रिपोर्टस क्लबले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासेठले भने,‘यो सानो तिनो माछाको काम नै होइन, तस्करीमा स्वयम् गृह र अर्थमन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन् ।’

नेता महासेठले सुन तस्करीबारे छानबिन गर्न सरकारले स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने समेत माग गरेका छन् । ‘प्रधानमन्त्री प्रचण्डजीले सुनकाण्डबारे छानबिन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायाधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ’, उनले भने, ‘अहिले गृहमन्त्रालयमार्फत् भइरहेको छानबिन नाटकमात्रै हो ।’

उनले संविधान संशोधन विद्येयक कुनै हालतमा पनि पनि पारित नहुने ठोकुवा गरे। ‘स्वतन्त्र सांसदसहित कांग्रेस, माओवादी केन्द्र, गच्छदारजी र कमल थापाको पार्टी जम्मा हुँदापनि यो प्रस्ताव पास हुने सम्भावना छैन,’ नेता महासेठले भने । अन्नपूर्ण पोष्टमा समाचार छ ।