काठमाडौं, ९ माघ । युवती परिचालन गरी नाटकीय रुपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ब्ल्याकमेलिङ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ । गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले कुमारनन्द खड्का र नवीनकुमार राईलाई पक्रउ गरेको हो । उनीहरुले सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई अपहरण गरी धनमाल लुट्नुका साथै फिरौती लिएर छाडिदिएका छन् ।
कुँवरलाई युवतीकै काठमाडौंको सुकेधारास्थित डेरामा बन्धक बनाई १२ लाखको चेक लिएर छाडिएको नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्