सम्पादकीय

वकिलहरु आन्दोलनमा, हजारौं मुद्दा अलपत्र



काठमाडौं, १० माघ । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधमा सरकारी वकिलहरुले बहस पैरवी बहिस्कार गरेपछि मुलुकभरका अदालत तथा न्यायाधिकरणहरुमा विचाराधीन हजारौं  मुद्दा प्रभावित भएको छ ।

सरकारी वकिलहरु बहसका लागि अनुपस्थित भए पनि कतिपय अदालतमा एकातर्फी बहसपछि अदालत निर्णयमा पुगेको थियो । सर्वोच्च अदालतमा न्यायाधीशहरु गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको इजलासमा सरकारी वकिल प्रतिनिधि हुने प्राय मुद्दा स्थगित थिए भने अन्य इजलासमा सुनुवाइ भएको थियो ।

न्यायापरिषद्ले दुई साताअघि गरेको न्यायाधीश नियुक्तिको सिफरिसलाई लिएर असन्तुष्टि जनाउँदै सरकारी वकिलहरुले हिजोदेखि अनिश्चित्कालिन रुपमा बहस पैरवी बहिष्कार गर्ने निर्णय गरेको नेपाल समाचारपत्रमा समाचार छ ।