सम्पादकीय

काजीको चर्तिकलाले हैरानमा प्रचण्ड



काठमाडौं, ११ माघ । पुस २८ गते उच्च अदालतमा ८० जना न्यायधीश नियुक्ति भएलगत्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डलाई फोन गरे ।

‘न्यायधीशमा मेरा लागि छुट्याएको कोटाको मान्छेको नाम त रहेनछ, कसरी गायब भयो ?, तपाईले भनेको मान्छे हुन्छ भन्ने अनि अहिले सिफारिस नगर्ने, यो कस्तो षड्यन्त्र हो?’काजीले फोनबाट प्रचण्डलाई झर्किदै सोधे । जवाफमा प्रचण्डले भने, ‘तपाईको मान्छे सिफारिस भएनछ? ल म बुझ्छु, मैले त केही बुझेकै छैन’

टेलिफोनमा कुरा भएको केही समयमै काजी प्रचण्डको सरकारी निवास बालुवाटार पुगे । त्यहाँ ज्ञापनपत्र बुझाउन आएका एउटा टोलीलाई होल्डमा राख्दै काजीले प्रचण्डलाई आधा घण्टा ¥याख¥याख्ती पारे । न्यायाधीश प्रकरणमा जे भयो अब छोड्दिनुस भनेर प्रचण्डले मुखबाट कुरा निकाल्न नपाउँदै काजीले फेरि सोधिहाले, उसो भए अब अरु ठाउँमा मेरो मान्छेलाई नियुक्ति गर्नुपर्छ ।

प्रचण्डले टाउको मात्रै हल्लाएर केही बोलेनन् । स्रोतका अनुसार काजीले प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै अनेक चर्तिकला देखाउन थालेका छन् । उनले हरेक नियुक्तिका क्रममा भागबण्डा खोजेका छन् । भागबण्डा खोज्ने क्रमममा प्रचण्ड र काजीबीच बारम्बार झगडा समेत हुने गरेको बताइन्छ । खोजेको ठाउँमा भाग नदिइए पार्टी छाड्नेसम्मको चेतावनी समेत काजीले दिने गरेको बताइएको जनप्रहार साप्ताहिकमा समाचार छ ।