पोखरा, ११ माघ । नेकपा एमाले का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताए ।
प्रेस चौतारी नेपाल, कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यो राष्ट्रिय हित विपरीतको संशोधन प्रस्तावलाई एमालेले संसद्मा मतदान प्रक्रियामै लैजान नदिने दृढता व्यक्त गरे ।
सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै महसचिवले राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गरे ।
हिजो संविधान च्यात्छौँ, जलाउँछौ र मान्दै मान्दैनौ भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै महासचिवले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्