Banner News

तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्नुः प्रधानमन्त्री दाहाल



काठमाडौं, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा दाहालले आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई तीन महिनालाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका हुन ।

उनले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरिने बताए ।प्रधानमन्त्री दाहालले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिए ।

जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसवारे उपाय खोज्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए ।