शैक्षिक

धारिलो हतियार प्रयोग गरी हत्या



गौशाला, १ माघ । महोत्तरी जिल्ला, हतिसर्वा गाविसमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार गए राति करिब १० बजेतिर हतिसर्वा–७ बस्ने २५ वर्षीय मिश्रको हत्या भएको हो ।

राति आफ्नै घरमा बसिरहेका उनलाई सात आठ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियारसहित आक्रमण गरी उनलाई गम्भीर घाइते बनाएर भागेका थिए ।

गम्भीर घाइते मिश्रलाई परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकामा गए राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए । हत्याराको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।