सम्पादकीय

‘नेपाल र भारत मिलेर नेपालमा हिन्दु राष्ट्र पुनर्बाहली गर्नुपर्छ’



काठमाडौं, १९ माघ । दैवीप्रकोप व्यवस्थापन समाजले मंगलबारदेखि गौशालास्थित वनकालीमा नौदिने परोपकार विश्व शान्ति महायज्ञ सुरु गरेको छ ।

पहिलो दिन करीब पाँच सय जनाले कलशयात्रा गरेको थिए । पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश भट्टले संस्कृतका श्लोक वाचन गरेर महायज्ञ सुरुवात गरेका थिए ।

भारतीय जनता पार्टी झारखण्डका अध्यक्ष छत्रुराम महतोले कुनै हालतमा नेपालमा हिन्दुत्व बचाउनुपर्ने बताए ।

उनले भने ‘विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाल भनेर गौरव गर्ने बाटो हराएको छ । अब यसलाई पुनर्बाहली गर्ने काम नेपाल र भारत दुबैको हो ।’ अन्नपूर्ण पोष्टमा समाचार छ ।