सम्पादकीय

पुनर्निर्माणमा एनआरएनए उपाध्यक्ष भट्ट सक्रिय



काठमाडौं, १९ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय सवन्वय समिति (आईसीसी)का उपाध्यक्ष भवन भट्टले भूकम्पबाट क्षति भएको गोरखाको लाप्राक एकीकृत बस्ती निर्माणका लागि स्वयंसेवा गरेका छन् ।

भूकम्पले क्षति पुर्याएको लाप्राकवासीको आवास निर्माणका लागि स्वयंसेवा गर्न उपाध्यक्ष भट्ट गोरखा पुगेका हुन् । उपाध्यक्ष भट्टले लाप्राकमा ६१२ नमुना घर निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।

नमुना बस्ती निर्माणमा सहयोग गर्न सबैलाई उनले अनुरोधसमेत गरेका छन् । जापानका सफल व्यवसायीको रूपमा परिचित भट्टकै पहलमा अतिथि देवो भवः को नारासहित विश्वभर नेपाली पर्यटन र पर्यटक वृद्धिमा काम भइरहेको छ ।

भट्टले नेपालमा पनि जलविद्युत्, शिक्षा, निर्माण, सञ्चार तथा पर्यटन क्षेत्रमा लगानी गरेका छन् । भट्टले जापानबाट लाप्राक पुनर्निमार्णमा सहयोग गर्न त्यहाँ रहेका नेपाली र अन्य देशका नागरिकलाई पनि आग्रह गरेका छन् । भट्ट गोरखाका स्थायी बासिन्दा भएको कारोबारमा समाचार छ ।