Banner News

सरकार निर्वाचनको मिति घोषणा गरेर छारो हाल्ने षडयन्त्रमा छः महासचिव



गणेश थापा
,माघ २० सुर्खेत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन हुन नदिन सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवा अर्कैको भरिया बनेर मुलुकलाई संवैधानिक र राजनीतिक संकट अन्त्य गर्न नचाहेको महासचिव पोखरेलले सुनाए ।

उनले थपे – प्रतिपक्षीसंग सल्लाह नै नगरी रातारात दर्ता गर्नुले सरकारको नियत प्रष्ट छ। एमाले नगरकमीटीले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेलामा महासचिव पोखरेलले संशोधन विधेयक राष्ट्रहितमा नभएको प्रष्ट पारे ।

मातृभाषालाई विस्थापित गरेर संविधानको अनुसूचीमा हिन्दीलाई समावेश गरी सरकारी कामकाजीको भाषा बनाउने, भू–राजनीतिक संवेदनशिलतालाई समेत ख्याल नगरी अंगीकृत नागरिकलाई राज्यका उच्च पदमा र्पुयाउने, पाच नम्बर प्रदेशबाट सुरु गरी क्रमश सात प्रदेशबाट त्यसैगरी तराईका जिल्ला अलग पार्ने नियतले संशोधनको प्रस्ताव ल्याइएको वताए ।

महासचिवले अंगीकृत नागरिकताका सवालमा दक्षिण एसियामै नेपाल सबैभन्दा उदार भएको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा कसैको डिजाइन बोक्ने भरिया भएको आरोप उहाले लगाउनुभयो । उहाले हिम्मत भए प्रचण्ड र शेरबहादुर देउवालाई संविधानको धारा २ सय ७४ खोरज गरेर देखाउन चुनौती दिए ।

उक्त धारामा प्रदेशको सीमा हेरफेर प्रदेश सभाले मात्र गर्न सक्ने उल्लेख छ । महासचिव पोखरेलले संविधान जारी हुन रोक्ने, अनि जारी भएपछि लागू हुन नदिने षडयन्त्रका कारण मुलुकमा संकट गहिरिएको जिकिर गरे। महासचिवले
नेपालाई भारतवेष्ठितमात्र बनाउने, राज्यका उच्च पदमा विदेशीलाई र्पुयाउने, अरु छिमेकी मुलुकसँग सन्धीसम्झौता गर्न नपाउने गरी स्वतन्त्र मुलुकको हैसियत गुमाउने गरी एमाले जिम्मेवार बन्न नसक्ने प्रष्ट पारे ।

सरकारले निर्वाचनको तयारी नगर्ने, कानुनमा ढिलाई गर्ने, मिति घोषणा गरेर जनतालाई छारो हाल्ने षडयन्त्र भैरहेको वताए । यसैबीच सोही कार्यक्रममा सुर्खेतका कम्युनिष्ट पाटीका संस्थापक देबेन्द्र बिसी सहीत एकीकृत नेकपा माओबादी,नेकपा माओबादी र नेपाली कंग्रेसबाट थुप्रै नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका गरेका छन् ।