राजनीति

मन्त्रालयमा कुर्सी बाहेक केही छैन,विन्ति छ मन्त्रालय खारेज गरिदिनुहोसःमन्त्रीथानी



काठमाडौँ, २० माघ । गरिवी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो मन्त्रालय खारेज गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालले गरिवी निवारण कोष आफू नेतृत्वको मन्त्रालयलाई नदिने हो भने मन्त्रालय खोरेजी गर्न आग्रह गरेका हुन् ।

उनले भने,‘मन्त्रालयको मन्त्रीमात्रै भएर म बस्दिन्, मन्त्रालय अन्र्तगतका ४९ वटा महत्वपूर्ण कार्यक्रमहरु अरु मन्त्रालयसँग छन्, मेरो मन्त्रालयमा कुर्सी बाहेक अरु केही छैन, गरिबीलाई यतिवेला कार्ड होईन, राहत चाहिएको छ, राहतको लागि मन्त्रालयसँग कोष छैन् ।’

गरिवी निवारण मन्त्रालयलाई कार्यक्रम नै नदिने हो भने आफुले काम थर्ने माध्यम नभएको भन्दैे मन्त्रालय नै खारेज गरिदिन आग्रह गरे ।
उनका अनुसार नेपालमा अहिले २५ प्रतिशत जनसंख्या गरिवीको रेखामुनी रहेका छन् । जसमध्ये अति गरिब १ लाख ९० हजार, गरिब १ लाख ८० हजार, र सीमान्तकृत ८४ हजार छन् । तर, मन्त्री थानी सामाजिक सुरक्षाका कार्यक्रम समावेश नभएसम्म परिचयपत्र वितरण गर्न नहुने पक्षमा छन् । उनले गरिबीका रेखामुनि रहेका परिवारलाई शिक्षा, स्वास्थ्य, खाद्यन्नलगायतका क्षेत्रमा सुविधा दिनुपर्ने योजना अघि सारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री थानीले भने, ‘म गरिबीका लागि लड्न खोज्दै छु, तर मन्त्रालय एकातिर छ, कार्यक्रमहरु अर्कैतिर छन्, छरिएका छन्, यी छरिएर रहेका कार्यक्रमहरुलाई एकै ठाउँमा ल्याउनुपर्छ ।’
‘गरिबसँग अन्तरसम्बन्धित ४९ वटा कार्यक्रम छन, ती १४ वटा मन्त्रालयबाट परिचालित हुँदा गरिबी मन्त्रालयमा एउटा पनि कार्यक्रम छैन, यी सबै कार्यक्रमहरु एकद्धार प्रणालीमा ल्याउनुपर्छ’ उनले भने ।
गरिबसँग जोडिएका कार्यक्रमलाई मन्त्रालयमातहत ल्याउन आफूले मन्त्री भए लगत्तै अथक प्रयास गरेको स्मरण गर्दै मन्त्री थानीले भने,‘यसबारेमा मैले मन्त्रिपरिषद्मा प्रस्ताव समेत लगें, अन्य मन्त्री साथीहरुले यो प्रस्ताव धेरै राम्रो छ भन्नुहून्छ, प्रधानमन्त्रीलाई भेटेरै तीन पटकसम्म आग्रह गरिसकेको छु, तर सुनुवाई भएको छैन् ।’
उनले प्रधानमन्त्री कार्यालयमा रहेको गरिबी निवारण कोष, स्थानीय विकास मन्त्रालयमा रहेको गरिबसँगको कार्यक्रम, र अर्थ मन्त्रालयमा रहेको युवा स्वरोजगार कार्यक्रम आफ्नो मन्त्रालय अन्तर्गत आउनुपर्ने माग गरेका छन् । यद्धपी उनले यी कार्यक्रम तथा कोषहरु आफ्नो मन्त्रालयमा नआए प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बोर्ड गठन गर्नपनि सकिने सुझाव अघि सारेका छन् ।
उनले भने,‘गरिबलाई आश्वासन मात्रै दिएर हुँदैन नि, उनीहरुलाई अहिले के दिने त रु कहाँबाट दिने रु त्यसैले गरिबसँग सम्बन्धित कार्यक्रमहरु छरिएर रहेका छन्, यी सबैलाई एकीकृत गरेर अघि बढाउनुपर्छ, एकद्धार प्रणालीमा काम भयो भने यसको प्रभावकारिता राम्रै हुन्छ ।’ उनले बोर्ड गठन गरेर अघि बढे डेढ महिनाभित्रै एउटा प्रणाली आफूले बसाईदिने दाबी गरे । मन्त्री थानिले भने,‘म डेढ महिनाभित्रै एउटा सिस्टम बसाल्न सक्छु, त्यसपछि त विज्ञहरुले काम गर्नुहुन्छ नि ।’