राजनीति

जनकपुरको माछाबजारबाट सिके रावत पक्राउ



जनकपुर,२० माघ । मधेस क्षेत्रमा पृथकतावादी अभियान चलाइरहेका सीके रावत पक्राउ परेका छन् । नेपालबाट मधेस छुट्टयाउने गतिविधि गर्दै आएका सीके रावतलाई सरकारले पछिल्लो समय छुट दिँदै आएको थियो । सरकारले सिके रावतको गतिविधिमा गम्भीरता नदेखाएकोमा सरकारको चौतर्फि विरोध हुन थालेको थियो । पछिल्ला समय तराईका जिल्लाहरुमा खुल्लेआमरुपमा सिके रावतले आफ्ना गतिविधि संचालन गर्दे आएका थिए । सरकारकले उनको गतिविधि प्रति वेवास्ता देखाएकोमा नागरिक स्तरबाटै चर्को विरोध हुन थालेपछि उनी अनन्त पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो जनकपुर माछाबजारको एक घरबाट उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सीके रावतलाई सिराह पठाउने तयारी गरिएको छ ।
सीके रावतलाई जिल्ला प्रहरी कार्यालय सिराहले पक्राउ पूर्जि जारी गरेको थियो । तर धनुषामा पक्राउ परेका छन् ।