सम्पादकीय

खाली पेटमा लिची खाँदा मृत्यु



काठमाडौं, २१ माघ । खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुनसक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ ।

अमेरिका र भारतका वैज्ञानिकहरुले सन् २०१४ मा भारतको विहारमा अनौठो रोगबाट मृत्यु भएको सन्दर्भमा गरेको अनुसन्धान रिपोर्ट मेडिकल जर्नल दि लेन्सेटमा प्रकाशित भएपछि सो कुराको खुलासा भएको  छ ।

लिचीमा हाइपोग्लिकिन नामको तत्व हुने र त्यसले ग्लुकोज बन्न नदिने भएकाले बालबालिकाको मृत्यु भएको वैज्ञानिकहरुको तर्क रहेको नेपाल समाचारपत्रमा समाचार छ ।