काठमाडौं,२१ माघ । सरकारले स्थानीय निर्वाचनका लागि आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ, सरकारको यो । निर्णयसंगै तत्काल निर्वाचनको मिति घोषणा नहुने देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको ध्याँन निर्वाचन गराउने मा भन्दा निर्वाचनको नाम लिदै सत्ताको आयु तन्काउने तर्फ गएको व्यवहारमा,देखिन थालेपछि कांग्रेसका सभापति शेरवहादुर देउवामा छट्टपट्टी बढन थालेकोछ ।
प्रधानमन्त्री दाहालले देउवासंग गरेको नौ महिने करार अवधि सकिन लाग्दा दाहालले सजिलै कुर्सी देउवाका लागि नछाडने संकेत देखिएपछि देउवाले दाहाललाई तर्साउने खेल अघि बढाएका छन । संविधान संशोधनको प्रस्ताबलाई एउटा टुंगोमा पु¥याएर सरकारको नेतृत्व गर्न खुट्टा उचालेर देउवा बसेका छन । तर, दाहालको यसबीचका गतिविधि हेर्दा सजिलै दाहालले देउवालाई सरकारको नेतृत्व गर्न दिने छैनन ।
प्रधानमन्त्री दाहाल मुखले निर्वाचनको गीत गाइराख्ने, तर निर्वाचन भने नगर्ने पक्षमा रहेको राजनीतिक विश्लेषकहरुको टिप्पणीछ । ती विश्लेषकहरुका अनुसार निर्वाचनका लागि तयार रहेको र त्यसका लागि काम गरेजस्तो बाहिर¥बाहिर देखाउने, भित्र¥ भित्र निर्वाचनको समय टार्ने दाउँपेचमा दाहाल रहेका छन ।
आफनो पार्टीले सरकारको नेतृत्व गरेको भए पनि पार्टीमा आम जनताको आकर्षण नबढेको ,उल्टै पार्टीका नेता¥कार्यकर्ताहरुले धमाधम पार्टी छाडदै एमाले प्रवेश गरेको, देशैभरि सागठानिक अवस्था कमजोर रहेको,राष्ट्रघाती भन्दै प्रतिपक्षले लगाएको आरोपको दरोढगबाठ प्रतिरोध समेत गर्न नसकेको अवस्थामा निर्वाचनमा जानु भनेको पार्टी र आफना लागि कुनै हिसाबले फलदायी नहुने निष्कर्षमा दाहाल पुगेकाले पनि उनी निर्वाचन गर्न होइन, टार्ने खेलमा लागेका छन ।
सरकारको नेतृत्व गरिरहेको अवस्थामा समेर्ता उल्दै पार्टीका नेता¥कार्यकर्ताहरुमा देखिएको असन्तुष्टिबीचमा निर्वाचनमा जानु कुनै पनि हिसाबले लाभ नहुने निष्कर्षमा दाहाल पुगेका छन । त्यतिमात्र हो र पछिल्लो पल्ट पाँच नम्बर प्रदेशमा भएको आन्दोलनले पहाडमा समेत माओवादीको प्रभाब घटदै गएका कारण पनि दाहाल निर्वाचन सकेसम्म टार्ने पक्षमा रहेका छन भन्ने निष्कर्षमा पुग्न जो कोहीलाई पनि गाहो पर्देन ।
यता,दाहालले सजिलैसंग निर्वाचनमा नजाने देखेपछि सत्तासाझेदार दल कांग्रेसका प्रभावशाली नेताहरु निर्वाचनमा नजाने भए प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भन्न थालिसकेका छन । त्यतिमात्रै होइन, कांग्रेसका केही नेताहरु दाहाल नेतृत्वको सरकार विस्थापित गरेर सभापति देउवाको नेतृत्वमा सरकार बनाउने खेलमा समेत लागेको केही अपुष्ट समाचारहरु आउँन थालेका छन । त्यसका लागि कांग्रेसका केही नेताहरुले प्रतिपक्षदल एमालेका नेताहरुसंग छलफल गरिरहेको सुन्नमा आउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्