Banner News

दाहाल, देउवा र निधीबीच विवाद चर्किएपछि मन्त्रिपरिषद बैठक स्थगित



काठमाण्डौ, २७ माघ। बिहीबार आज बस्ने भनेको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ ।

आज बस्ने बैठकले नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्ने टुंगो लगाउने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री बिमलेन्द्र निधीबीचको विवादका कारण बैठक बस्न नसकेको बताइएको छ ।

यो विषयमा प्रधानमन्त्री दाहाल र काङ्ग्रेस सभापति देउवाबीच पनि मतमतान्तर भएको बताइएको छ । यही साता प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अवकाश पाउन लागेका छन् ।

नयाँ महानिरीक्षकमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजीपी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री दाहाल रहेका छन् ।

यता देउवा भने तेस्रो बरियताका डीआइजीपी जयबहादुर चन्दलाई आइजीपी बनाउने लबिङमा लागेका छन् । प्रधानमन्त्री र काङ्ग्रेस सभापति देउवाको कुरा नमिले कारण पनि बैठक बस्न नसकेको बताइएको छ । यता गृहमन्त्री विमलेन्द्र निधी पनि बरियताका आधारमा डीआइजी सिलवाललाई आइजीपी बनाउनु पर्ने अडानमा रहेका छन् ।

प्रधानमन्त्री र गृहमन्त्री सिलवालको पक्षमा रहँदा रहँदै सभापति देउवाले आफूले भनेको व्यक्तिलाई नै आइजीपी बनाउनुपर्ने अडान नछाडेपछि बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ ।