अर्थ

सुनचाँदी व्यवसायीको आन्दोलनः चितवनमा चोरीका नयाँ–नयाँ प्रकरण



अमिर रामदाम

भरतपुर, २८ माघ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले जिल्ला व्यापी व्यवसाय बन्दको आह्वान गर्दै शान्ति पूर्ण मौन ¥याली सहित प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ८ बुदेँ माग सहितको ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउँदै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले आधुनिक सुनचाँदी पसल चोरी प्रकरण, सुनको आयातमा सिन्डीकेट प्रणाली खारेज गरी खुल्ला बजारको व्यवस्थाको माग, शान्ति सुरक्षा, कालो बजारी, चन्दा आतंक लगायतको विषयलाई ध्यानाकर्षण गराएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ भट्टले “आधुनिक सुनचाँदी पसलको चोरी प्रकरणको नतिजा दुईदिन भित्र सार्वजनिक गर्नेछौ ।”, उनले थपे हामी व्यवसायिक सुरक्षाको पूर्ण रुपमा प्रत्याभूति दिन्छौ, चन्दा लगायतको आतंक बन्द गर्नेछौ, । यदि कसैले चन्दा आतंक गर्छ भने प्रशासन त्यसमा सुन्य टोलेरेन्समा रहेको उनले जिकिर गरे ।
आज नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आह््वान गरेको बन्दलाई समर्थन जनाउँदै नेपाल सुनचाँदी व्यवसायी संघ माडी शाखा, चितवन सुनचाँदी व्यवसायी संघ पूर्वि चितवनका सुनचाँदी व्यवसायीहरु ¥यालीमा सहभागि भएका थिए ।

¥यालीमा सहभागि जनाउँदै नेपाल सुनचाँदी व्यवसायी संघ माडी शाखाका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार कमल रामदामले भने “कडा सुरक्षा भित्र रहेको चितवनको व्यस्त बजारमा अवस्थित आधुनिक सुनचाँदी पसल चोरी भएको छ, चोर पत्ता लगाउन प्रशासनले ढिला सुस्ती देखाएकोमा आपत्ति जनाएका छन् ।” त्यस्तै उनले थपे “सुनको आपूर्ति, कालोबजारी अन्त्य लगायतको विषयमा जिल्ला संघले पहल गर्नु पर्ने बताए ।
चितवन सुनचाँदी व्यवसायी संघ पूर्वि चितवनका प्रवक्ता ज्ञानमणी सदासंकरले भने “राज्यले सुरक्षाको प्रत्याभुति दिलाई व्यवसायीले ढुक्कसंग व्यवसाय गर्न पाउने सृजना स्थापना गर्नुपर्नेमा जोड दिए ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आह्वान गरेको बन्दको वेवास्था गर्दै रामपुर सुनचाँदी व्यवसायी संघ पश्चिम चितवनले बन्दको विरोध जनाएका छन् । बिरोध स्वरुप रामपुरका व्यवसायीहरुले दैनिक जसो सुनचाँदी पसलहरु संचालनमा ल्याएको विशेष सुत्रले आमसंचारलाई जानकारी गराए ।