भक्तपुर २९ माघ । गैर सरकारी संस्था महासंघ नेपाल जिल्वा शाखा भक्तपुरको १४ औ वार्षिक साधारणसभा भक्तपुरको सूर्यविनायकमा सम्पन्न भयो । शाखाका अध्यक्ष बालमुकुन्द सुवालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम जिल्लाका सभासद द्धय केदार प्रसाद संञ्जेल र रामेश्वर ढुगेलको आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा सभासद सञ्जेलले सामाजिक संस्थाले सामाजिक सुधारको पक्षमा अभियानकै रुपमा काम गर्नु पर्ने कुरामा जोड दिनु भयो । जिल्लामा संघ–संस्थाहरु धेरै दर्ता भएको भए पनि अपेक्षा अनरुप काम भने हुन नसकेको गुनासो गरे । । अर्का सभासद ढुगेलले सामाजिक संघ संस्थाहरुले काम गर्ने हो भने धेरै कुरामा परिवर्तन गर्न सकिने वताए ।
शाखाका सचिव एव पत्रकार सोम शर्मा वजगाईले कार्यक्रममा शाखाको वार्षिक प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका गरेका थिए । त्यसरी नै कोषाध्यक्ष नारायण न्यौपानेले आर्थिक प्रतिवेदन तथा आगामाी वर्षको अनुमानित बजेट प्रस्तुत गरेका थिए । जिल्ला शाखामा ४२ वटा संघ संस्थाहरु आवद्ध छन ।
प्रतिक्रिया दिनुहोस्