अर्थ

चितवनमा सुनचाँदी चोरीका दिनहुँ नयाँ–नयाँ घटनाः सुरक्षा व्यवस्थामाथि नै आंशका बढ्दै



अमिर रामदाम

भरतपुर, २९ माघ । नारायणगढको मुटु सहिदचोकबाट ५० मिटर उत्तर तर्फ मिलन रोडबाट यही २०७३ माघ २० गते राती १० बजेदेखि ४ बजेभित्र आधुनिक सुनचाँदी पसलको सटरको ताला तोडी पसल भित्र रहेको सेफ फोडी सेफ भित्र रहेको करौंडौको सुनचाँदीका गरगहना तथा नगद, सि।सि। क्यामेराको रेर्कड बक्स, सुन तौलने डिजिटल काँटासमेत चोरी गरी लगिएको घटनाको कुनै सत्यतथ्य विवरण नआँउदै चितवनको सुरक्षा व्यवस्थालाई थप चुनौति दिंदै पुनः अर्को अतिव्यस्त बजारमा जुनहल चोकबाट हिजो राती अनुग्रह गहना सप्लायर्सबाट करिब ८ लाख बराबरको सुनको जलप गरिएका गहनाहरु चोरी भएको छ ।

चोरीको प्रकृति अध्ययन गर्दा करिब करिब आधुनिक सुनचाँदी पसलमा घटेको चोरीको प्रकृतिसंग मिल्दोजुल्दो किसिमबाट घटाइएको छ । सटरको चाबी फुटाएर पसल भित्र पसिसकेपछि बाहिरबाट चाबी लगाएर शोकेशमा टाँगिएका सम्पूर्ण गहनाहरु लगिएको छ । शोकेशको तोडफोड गरिएको छ

। पसलका संचालक समेत रहेका सुर्य बहादुर वि।क। सुमनका अनुसार विहान पसलको चाबी खोल्न जाँदा अर्कै चाबी लागिएको भेटिएपछि चोरी भएको पत्ता लागेको छ । यस घटनाले नेपाल सुन चाँदी व्यवसायी संघ चितवन मर्माहित मात्र भएको होइन व्यवसायीहरु सुरक्षा व्यवस्थाप्रतिनै अविश्वासको वातावरणको सृजना भएको छ ।

यसअघि आधुनिक सुनचाँदी पसलमा घटेको घटनालाई लिएर नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले प्रेश विज्ञप्ती जारी गरी प्रशासन समक्ष व्यवसायी सुरक्षाको माग गरेको साथै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र दिएको र २८ गते मौन जुुुलुसको साथमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

व्यवसायिक सुरक्षाको सुदृढको अपेक्षा गरेका व्यवसायीहरु थप समस्यामा परेपछि व्यवसायिक सुरक्षाका प्रत्याभूतिका लागि सुनचाँदी व्यवसायी संघ चितवनले चरणवद्ध ढंगबाट उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ तथा व्यवसायीहरु संग समन्वय गरेर चितवन बन्द लगायतका संर्घष कार्यक्रमहरु सञ्चालन गर्नका नेपाल सुनचाँदी व्यवसायी संघ चितवन निर्वतमान अध्यक्ष विपेन्द्र रामुदामुको संयोजकत्वमा संघर्ष घोषणा भएको छ । उक्त संघर्ष समितिले आइतवार देखि विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गर्ने बताइएको छ ।