अमिर रामदाम
भरतपुर, २९ माघ । “यो सुन होइन, सुन भन्दा कम छैन, हराएमा पिर छैन” भन्ने भनाईहरु सुनिरहेको हामीले एक्कासी ८ लाख मूल्य बराबरको जलप गहना चोरी भएको सुन्दा अचम्मै लाग्न सक्छ ।
तर ,चितवनमा भने आधुनिक सुनचाँदी पसलबाट करोडौको गरगहना तथा नगद चोरी भएको हप्ता दश दिन पनि नबित्दैँ फेरी त्यस्तै शैलीमा नारायणगढको अर्को ब्यस्त बजारमा रहेको न्यू अनुग्रह गहना सप्लायर्सबाट करिब ८ लाख बराबरको जलप गहना चोरी भएको छ ।
पसलका संचालक सुर्य बहादुर विक सुमनका अनुसार बिहान पसलको चाबी खोल्न जाँदा अर्कै चाबी लागिएको भेटिएपछि चोरी भएको भन्ने पत्ता लागेको थियो । घटनाको प्रकृति अध्ययन गर्दा सुन काट्ने कैचिले ताला काटिएको र गरगहना चोरी भएको साथै शोकेशको सिसा समेत फुटेको देखिएको थियो ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्षले अर्जुन रसाइलीले भने “चोरीको घटनाहरुले गर्दा व्यवसाय संचालनमा ठूलै चुनौति दिएको बताउँ छन् ।”
प्रतिक्रिया दिनुहोस्