विश्व

जहाज उड्न लाग्दा इमर्जेन्सी ढोका खुलेपछि



काठमाण्डौ । भारतको व्यापारिक सहर मुम्बई विमानस्थलमा उड्न लागेको जहाजको इमर्जेन्सी ढोका एक यात्रुले खोलेपछि उडान प्रभावित भएको छ । चण्डीगडका लागि प्रस्थान गर्न लागेको सो जहाजको इमर्जेन्सीको ढोका सबै यात्रु चढेर उड्न लाग्दा एक यात्रुले खोलिदिएका हुन् ।

उड्न लागेको जहाजको इमर्जेन्सी ढोका खुलेपछि देखा परेको समस्या तत्कालै समाधान गर्न नसक्दा फ्लाइट ढिला हुन पुगेको थियो ।

सामान्यतः सबै यात्रुबाहक जहाजमा इमर्जेन्सी ढोकाको व्यवस्थाहुन्छ । यस्ता ढोका विमान उडेको बेला यात्रुले सजिलै खोल्न सक्छन् । एजेन्सी