सम्पादकीय

एजुकेसन कन्सलटेन्सीका नाममा मानव तस्करी



काठमाडौं, ३ फागुन । अधिकांश शैक्षिक परामर्शदाता कम्पनी ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएका छन् ।

सन् २०१७ जनवरीमा शिक्षा मन्त्रालयमा एक हजार तीन सय ९३ वटा कम्पनीले व्यवसायिक रुपमा दर्ताका लागि आवेदन दिएका छन् । मन्त्रालयस्रोतले बिसौं पराशर्मदाता दर्ताबिना नै संचालन भएको जनाएको छ ।
तिनीहरु ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएको बताइएको छ । ती कम्पनीहरुले सरकारलाई करसमेत बुझाएका छैनन् ।

एजुकेसन कन्सलटेन्सीज एसोसिएसन अफ नेपालका अनुसार नेपालमा करब दुई हजार पाँच सय शैक्षिक परामर्शदाता कम्पनी छन् । तीमध्ये तीन सय असी एसोसियसनसँग आवद्ध छन् भने सय फ्री एजुकेसन कन्सलटेन्सीज अर्गनाइजेसन अफ नेपालमा आवद्ध छन् । र २७ वटा इन्टरनेसनल एजुकेसन रेप्रिजेटिभ अफ नेपालमा आवद्ध रहेको नागरिक दैनिकमा समाचार छ ।