धनगढी, ३ फागुन । एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ ।
धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन् ।
शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो । प्रहरीले उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि लुकाएर राखिएको अवस्थामा रकम बरामद गरेको हो ।
जिल्ला प्रहरीका एसपी अर्जुन चन्दका अनुसार २२ लाख ७० हजार परालभित्र र ७४ हजार उपाध्यायको सिरानीमुनीबाट बरामद भएको कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्