सम्पादकीय

‘हात्ती’ले बढायो हैरानीः नहुँदा तनाव, हुँदा हैरानी



काठमाडौं, ४ फागुन । पैसा नहुँदा त्यसै तनाव, हुँदा पनि हैरानी, नेपाली उपभोक्तालाई अहिले नौलो प्रकारको संकट आइपरेको छ ।

संकट हो – हजार रुपैयाँको नोट

रकम अभाव र चर्को महँगीको मार खेप्दै आएका उपभोक्ता अचेल आतमा हजारका नोट खेलाउँदा नि तनावमुक्त छैनन् । किनकी साना दरका नोट अभावले बजारमा उनीहरुका हात्ती साटिनै मुस्किल हुन्छ । पैसा नसाटिदा कतिपय अति जरुरी काम निप्ट्याउन सकस पर्छ ।

यसको कारण हो – बजारमा हजार दरका नोटको हिस्सा बढी हुनु । साना दरका नोट ओसार पसार गर्न समस्या हुने र बजारभाउ बढ्दै जाँदा अचेल ठूला नोटको प्रचलन बढेको छ ।

त्यसमा पनि बजारमा प्रचलनमा आउका कुल नोटको आधाभन्दा बढी हिस्सा हजार दरका नोटले ओगटेको छ । राष्ट्र बैंकका अनुसार हजार बाहेक अन्य दरका नोटले कुल नोटको आधाभन्दा कम हिस्सा ओगटेको नागरिकमा समाचार छ ।