कल्पना बोहरा
अछाम, ५ फागुन । अछाम सदरमुकाम मंगलसेन ध्वस्त भएको बुधबार १५ वर्ष पुरा भएको छ । २०५८ साल फागुन ४ गते तत्कालिन विद्रोही नेकपा माओवादीले मंगलसेनमा आक्रमण गरी सम्पुर्ण संरचना ध्वस्त गरेका थिए ।
जिल्लाको मुख्य व्यपारिक केन्द्र साँफेवगर र मंगलसेनमा एक साथ आक्रणमा पछी अछाम जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी र सर्वसाधाराण गरी एक सय २५ जनाको हत्या भएको ईन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
द्धन्द्धकालको सबैभन्दा ठुलो र धेरै मानविय तथा भौतिक क्षती भएको उक्त घट्नाले सयौं बालबालिकाहरु टुहुरा भएका थिए । सोही आक्रमणमा ध्वस्त भएका अन्य सरकारी तथा निजी भवनहरु पुननिर्माण भए पनि सदरमुकाम मंगलसेन स्थीत दरबार र साँफेबगर विमानस्थलको रिपिटर टावर हालसम्म निर्माण पुरा हुन सकेका छैनन् ।
विमानस्थलको रिपिटर टावर नवन्दा साँफेवगर विमानस्थलमा हालसम्म हवाईजहाजले उडान भर्न सकेका छ्रैनन् । हवाईजहाजले उडान भर्न नसक्दा विमानस्थल हाल गौचरनमा परिणत भएको छ । १० वर्षे द्धन्द्ध समाप्त भई शान्ति सम्झौता भएको १० वर्ष वितिसक्दा पनि भौतिक संरचनाहरु पुनििनर्माण नहुँदा अछामी जनताहरु मर्कामा परेका छन ।
द्वन्द्वका बेला ध्वस्त भएको अछाम जिल्लाको पुनः निर्माणसँगै मङ्गलसेन दरबारको पुननिर्माणको काम पनि सँगै सुरु गरिएको थियो । तत्कालिन जिल्ला प्रशाशन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको काम कारबाही हुने गरेको दरबार अहिले पनि भत्किएकै अवस्थामा छ ।
निर्माण सुरुभएपनि काम नभएपछि अहिलेसम्म एक तला निर्माण हुन सकेको छैन । डेढ बितिसक्दा पनि दरबार नबन्दा अछाम जयगढका युवा वल साउद दुखेसो व्यक्त गर्छन । ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभाग डोटीमार्फत् अगाडि बढिरहेको छ । तर अछाममै फिल्ड कार्यालय राखी कामको निगरानी गर्न खोजे पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको देखिदैन ।
आर्थिक वर्ष २०६४-६५ मा निर्माण सुरु गरेर दुई वर्षमा काम पुरा गर्ने भने पनि काम नभएपछि थपिएको दुई वर्षमा पनि काम हुन सकेन । अब काम कहिले सकिन्छ भन्ने नै अन्यौलमा परेको छ । सहरी विकास तथा भवन निर्माण विभागका डोटिका इनिजीनियर अमरेनद्र कुमार झाको १९.९० मिटर लम्बाई १६ दशमलब ५० मिटर चौडाई ३ तला रहने दरबार निर्माणको लागत २ करोड २७ लाखभन्दा बढी हुने अनुमान छ ।
समयमै काम हुन सकिरहेको छैन । जिल्लाको ऐतिहासीक धरोहरका रुपमा रहेको दरवार निर्माणको कार्य ढिलाइ हुनु दुख लाग्दो भएको र भवन निर्माणका लागी आफुले पहल गरीरहेको अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको भनाइ छ ।
जिल्लाको ऐतिहासिक महत्व बोकेको दरबारको निर्माण कार्य अधुरै रहँदा पनि सरोकारवालाले ध्यान नदिँदा देशकै महत्व बोकेको सम्पदा लोप हुने अवस्थामा पुग्न लागेको छ । स्थानीय प्रशासनको मात्रै भर नपरी स्थानियबासिन्दाले पनि सक्रियता देखाउने हो भने दरबार बनाउने काम चाँडै सक्याउन टेवा पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्