काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन सुनिश्चित भए संविधान संशोधन प्रक्रिया अघि बढाउन लचिलो बन्ने संकेत गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार सुरु पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विपक्षमा उभिने निर्णय यथावत रहेपनि मधेस केन्द्रित दलहरु निर्वाचनमा आउने सुनिश्चित भए संशोधन प्रस्ताव मतदानबाट टुंगो लगाउन तयार हुनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबीच पछिल्ला दिनमा निरन्तर छलफलपछि बुधबार साँझ बसेको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले संशोधन प्रक्रिया अघि बढाए मधेसी दललाई निर्वाचनमा सहभागी गराउन सकिने आश्वासन कांग्रेस र माओवादी केन्द्रले दिएको जानकारी गराएका छन् ।
‘एमाले अहिले पनि संशोधनको विपक्षमा छ,’ ओलीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए भोटिङ प्रक्रियामा जानुपर्ने हुन सक्छ ।’ नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्