काठमाण्डौ,५ फागुन । नेकपा एमाले प्रतिपक्षमा छ, तर विभिन्त्र राजनीतिक पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुको एक प्रकारको लहर नै चलेको छ । कांग्रेस,माओवादी, तराईकेन्द्रित दल,अखण्ड पार्टीबाट कार्यकर्ता वाहिरीने ,एमालेमा प्रवेश गर्ने क्रम तीव्रताका साथ अघि बढेको छ । यसैबीच डोटीका कांग्रेस र नेविसंघका आधा दर्जन बढी नेताले एमाले प्रवेश गरेका छन् ।
डोटीका एमाले सांसद् प्रेम आले मगरको पहलमा तीन नेताहरुले एमाले प्रवेश गरेका हुन् । एमाले वरिष्ठ नेता माधवकुमार नेलाको निवासमै आएर उनीहरुले एमाले प्रवेश गरेको सांसद आले मगरले जानकारी दिए । ‘हामीले पूर्वप्रधानमन्त्री समेत रहनु भएको कमरेड माधव नेपाललाई जिल्लामै लैजाने तयारी गरेका थियौँ,’ मगरले भने, ‘उहाँ कार्य व्यस्तताका कारण जान नसकेकाले उहाँहरुलाई नै राजधानी बोलाएर एमाले प्रवेश गराएको हो ।’
एमाले प्रवेश गर्नेहरुमा नगर सचिव हेम केसी, नेवि संघ जिल्ला अध्यक्ष निर्मल बिष्ट, कर्ण बहादुर बलाएर, पुर्ण बहादुर बलाएर, जनक बोगटी खातिवडा, धन बहादुर बलाएर, दिपक बहादुर बलाएरलगायत छन् । उनीहरुलाई नेता नेपालले टिका लगाएर एमाले प्रवेश गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्