काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल प्रचण्ड’ले सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग आग्रह गरेका छन् ।।
आफूलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष महतोलाई प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनको घोषणा गर्नु सरकारको दायित्व भएको बताउँदै संविधान संशोधन प्रक्रिया र स्थानीय तहको निर्वाचनको मिति सँगसँगै अगाडि बढ्ने जानकारी दिए। प्रधानमन्त्रीले मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्न र सहमतिमा आउनसमेत महतोलाईलाई आग्रह गरे।
भेटपछि अध्यक्ष महतोले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन आफूले आग्रह गरेको जानकारी दिए । मधेसकेन्द्रित दलका अन्य नेता राजधानी बाहिर भएकाले उनीहरु फर्केपछि थप छलफल गरिने अध्यक्ष महतोले प्रधानमन्त्रीलाई बताए ।
प्रतिक्रिया दिनुहोस्