Banner News

प्रधानमन्त्रीले भने –प्रमुख तीन दलबीच सहमति भएकाले चुनावको मिति तत्काल घोषणा हुन्छ



कावासोती, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

नवलपरासीको प्रगतिनगरमा आयोजित प्रथम ऐतिहासिक देवचुली महोत्सवको उद्घाटन गर्दैप्रधानमन्त्रीले यस्तो वताएका हुन् ।

प्रमुख प्रतिपक्षी दलसँग चुनावको मिति घोषणा गर्न विषयमा सहमति भएकाले सोही्अनुसार चाँडै नै चुनावको मिति घोषणा हुन्छ प्रधानमन्त्री प्रचण्डले भने – “स्थानीय तहसहितको तीनै तहको निर्वाचनले मात्र संविधान कार्यान्वयन हुन्छ हामी सबै त्यही मार्गमा अगाडि बढेका छौँ ।”
प्रधानमन्त्रीले सरकारले मधेसी, जनजाति, दलित उत्पीडित वर्गका एजेन्डा सकेसम्म सम्बोधन गर्न लागेकाले सबैले चुनावको माहोल बनाउनुपर्नेमा आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले भने चीनतर्फ नाका सुचारु गर्न मैले पहलकदमी लिएको छु ।” युवा अवस्था र भूमिगत राजनीतिको सुरुका दिन नवलपरासीमा बितेको भन्दै उनले ४ नम्बर प्रदेशको नवलपुर क्षेत्रलाई छुट्टै जिल्लाको रुपमा हेरिएको बताए।

सोही अवसरमा देवचुली उद्योग वाणिज्य सङ्घको चार कट्ठा क्षेत्रफलमा निर्माण हुने चेम्बर भवनको समेत प्रधानमन्त्रीले शिलान्यास गरे। कार्यक्रममा जग्गा दान गर्ने तेजप्रसाद न्यौपाने र लोकप्रसाद भुर्तेललाई सम्मान गरिएको थियो । उनीहरुले दुई÷दुई कट्ठा क्षेत्रफल जग्गामा दान गरेका थिए।