सम्पादकीय

राणाले चन्दलाई उच्छृंखल र अनियन्त्रित भनेपछि…



काठमाडौं, ७ फागुन । पूर्वअध्यक्ष राणाले दुई पार्टी एक भएर ०५१ मा चुनावमा गए पनि चन्द पक्षले उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाएको आरोप लगाए । ‘०५१ मा दुई राप्रपा एक हुँदा हामी तेस्रो पार्टी भयौँ ।

दुईपटक सरकारको नेतृत्वमा पनि पुग्यौँ,’ राणाले स्मरण गरे, ‘जब हामी मिल्छौँ जनताले विश्वास गर्छन् । हामी फेरि एक भएका छौँ, अब दुई र दुई मिलेर चार होइन, २२ बन्ने वेला आएको छ, यसका लागि हामी एक हुनुपर्छ । चुनाव जितेर सरकारमा जाने, तर संसद्मा उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाउने जस्तो व्यवहार अब कदापि नदेखाउँ ।’

राणालगत्तै बोलेका नेता चन्दले आरोपको खण्डन गरे । ‘म राणाजीको सहयोगमा प्रधानमन्त्री बनेको हुँ, तर उहाँ ९राणा०ले आरोप लगाएजस्तो भएको म मान्दिनँ,’ चन्दले भने, ‘म चारपटक प्रधानमन्त्री भएँ । तपाईंहरूको आशीर्वाद पाए फेरि प्रधानमन्त्री बनुँला ।’

प्रचण्ड र थापाले यसरी गरे एक–अर्काको प्रशंसा

कार्यक्रम सञ्चालिका कोमल वलीले पटकपटक प्रधानमन्त्री प्रचण्ड आउने बताइरहेकी थिइन् । तर, कार्यक्रम सकिनै लाग्दासमेत प्रचण्ड आउने टुंगो थिएन । अन्तिम वक्ताका रूपमा कमल थापाले बोल्नुअघि उनी आइपुगे । छोटो मन्तव्य दिने क्रममा प्रधानमन्त्री प्रचण्डले थापालाई निकै हौस्याए । ‘वैचारिक हिसाबले हामी फरकफरक छौँ, तर राप्रपा भनेपछि मिलौँ मिलौँ, सँगसँगै जाउँ भन्ने लाग्छ,’ प्रचण्डले थापालाई हौस्याउँदै भने, ‘थापाजी अब टाढा नजानुहोला ।’

प्रचण्डले हौस्याएपछि अन्तिम वक्ताका रूपमा बोल्न थालेका थापाले पार्टी एकता, आगामी नीति र कार्यक्रमभन्दा प्रचण्डसँगको ‘केमेस्ट्री’ मिल्नेमै धेरै समय खर्चिए । ‘प्रचण्डजीमा विलक्षण प्रतिभा ९चमत्कार० छ,’ थापाले भने, ‘अब प्रचण्डबाट अर्को चमत्कार आवश्यक छ । प्रचण्डको विद्रोह र हामीले उठाउँदै आएका मूल्य–मान्यताको सामाञ्जस्यतमा समाधान खोजौँ, यो नै नेपालको अस्तित्वको ग्यारेन्टी हुन्छ । यस्तो भए हामीलाई कसैले चुनौती दिन सक्दैन ।’

प्रचण्डसँग काम गर्दा आफूले अत्यन्तै निकटको अनुभव गर्ने गरेको पनि थापाले बताए । ‘हामीलाई निकट ल्याउने काम राष्ट्रियता हो,’ थापाले भने, ‘देशलाई बलियो बनाउने विषयमा हाम्रो निकटता छ । प्रचण्डसँग काम गर्दा अत्यन्तै निकटताको महसुस गर्छु ।’नयाँ पत्रिकामा समाचार छ ।