Banner News

चुनावको मिति घोषणा भएकै दिन आन्दोलनको मिति घोषणा गर्ने मोर्चाका नेताहरुको चेतावनी



काठमाडौं,७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेशी मोर्चाका नेताहरुबीच आज बालुवाटारमा भएको बैठकमा चुनाव घोषणा गरे आफूहरु आन्दोलन घोषणा गर्ने मोर्चका नेताहरुले वताएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो ।

बैठकमा चुनाव घोषणालाई लिएर प्रधानमन्त्री दाहाल र मधेसी मोर्चाका नेताहरुबीचर्को विवाद भएको थियो । स्थानीय चुनाव घोषणाको विषयमा छलफल गर्न प्रधानमन्त्रीले वालुवाटारमा मधेशी नेताहरुलाई वोलाएका थिए । सरकारमाथि चुनाव घोषणा गर्न चौतर्फिरुपमा दबाद आइरहेको छ ।

त्यही दबाब थेग्न नसकेर मोर्चाका नेताहरुसंग प्रधानमन्त्रीले आज छलफल अघि बढाएका हुन् ।बालुवाटारमा बैठकमा दुबै पक्षले आआफ्नो अडानलाई बाध्यताभन्दै सुनाएका छन् र सहमति विना उठेका छन् ।

प्रधानमन्त्रीले छलफलमा आफ्नो अप्ठ्यारोमा बुझिदिन र निर्वाचनको मिति घोषणामा सहमति जनाउन आग्रह गरेको स्रोतले वतायो।स्रोतका अनुसार चुनाव घोषणा लगतै संविधान संशोधनमा केन्द्रीत हुने र तराई मधेसमा स्थानीय तहको संख्या बढाउने बताए । निर्वाचनको मिति घोषणा गरे संविधान संशोधन प्रस्ताव संसदमा अघि बढाउन प्रमुख प्रतिपक्ष एमालेले साथ दिनेमा प्रधानमन्त्री विश्वस्त रहेको जानकारी गराए ।
मोर्चाका नेताहरुसंगको छलफलमा मधेसी मोर्चाका नेताहरुले भने चुनावको मिति घोषणा भएकै दिन आन्दोलन घोषणा गर्ने बताए । तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन घोषणा आफूहरुको बाध्यता हुने बताएको स्रोतले जानकारी गरायो ।