काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताए ।
निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सनको १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै दाहालले भने —संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको छ ।
प्रधानमन्त्रीले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेको छ भने ।
मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा मुलुकको समृद्धिका लागि अगाडि बढ्ने वचनबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्