Banner News

चुनाव घोषणापछि एमाले स्थायी समितिको बैठक बस्दै



काठमाण्डौं, १० फागुन । अन्तत सरकारले हिजो स्थानीय तहको निर्वाचन घोषणा ग¥यो । सरकारमाथि चौतर्फिरुप दबाब परेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको घोषणा गरेका हुन ् । निर्वाचनको मिति घोषणालाई प्रमुख प्रतिपक्ष एमालेले स्वागत गरेको छ ।

बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि उत्पन्न राजनीतिक परिस्थितको वारे छलफल गर्न एमालेले अहिले केहीबेरमै स्थायी समितिको बैठक बस्दै छ ।

स्थायी समितिमा निर्वाचन, आज दिउँसो बस्ने संसदको बैठकमा संविधान संशोधनको प्रस्ताव छलफलका लागि अघि बढाउने सरकारको निर्णयबारे छलफल हुने जानकारी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिए ।

एमालेले फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानको तयारीबारे पनि बैठकमा छलफल हुनेछ ।

एमालेले लामो समयदेखि स्थानीय तहको निर्वाचनका लागि सत्तागठबन्धनलाई दबाब दिदै आएको थियो । उसले संसदमा प्रस्तावित संशोधन प्रस्तावमाथि छलफल हुन नदिने बताउँदै आएको छ । स्थानीय तहको निर्वाचनको घोषणालाई लिएर मधेशी मोर्चाले भने विरोध जनाएको छ ।