शैक्षिक

चाँगुनारायण माध्यामिक विद्यालयको ६८ औ अभिभावक दिवश



भक्तपुर,१०फागुन । चाँगुनारायण माविको ६८ औ अभिभावक दिवश, व्यक्तित्व सम्मान,तथा वार्विाक पुरस्कार वितरण विविध कार्यक्रम गरेर सम्पन्न भएको छ । चाँगुनारायाण माविमा पढेर देशकै महत्वपूर्ण ठाउँमा पगुको व्यक्तिहरुलाई पनि कार्यक्रममा सम्पान गरिएको थियो ।

सभासद केदार संन्जेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालयको वार्षिक आयव्ययको प्रतिवेदन, युगसुहाउँदो गुणस्तरीय शिक्षा,विद्यालयको भौतिक अवस्थाको सुधारका वारेमा कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा सभासद संन्जेलले आजको युगसुहाउँदो र समयसापेक्षिक शैक्षिक नीति बनाएर विद्यालय अघि बढ्नु पर्नेमा जोड्दिएका थिए । सभासदले जिल्लाकै ग्रामिणभेगमा रहेको यो विद्यालयले यस क्षेत्रको शिक्षाको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको वताए । उनले भने आज पनि यसलाई समयसापेक्षिकढगबाट अघि बढाउने हो भने यस विद्यालयप्रति अभिभावक र विद्यार्थीमा आकर्षण बढाउन सकिन्छ ।

यस विद्यालयमा पढेर देशको निजामती सेवाको माथिल्लो तहमा पुगेका पूर्वसचिव वामनप्रसाद न्यौपाने,सचिव शिशिर ढुगाना, सहसचिव महेश्वर न्यापाने लगायत राज्यका अन्य क्षेत्रका माथिल्लो तहमा पुगेकाहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । विद्यालय एरियामा भू–क्षय रोकथामका लायि सांसद विकास कोषबाट रु दुई लाख रुपियाँ समेत छुट्टाएको थाह भएको छ ।