Banner News

महामन्त्री कोइरालाले संविधान कार्यान्वयका लागि घोषित निर्वाचन सफल पार्नु पर्नै वताए



कावासोती, १० फागुन । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।

नवलपरासी क्षेत्र नं। ३ को चोरमारामा काँग्रेस क्षेत्रीय समितिले गरेको कार्यक्रममा उनले – ‘संविधान कार्यान्वयनका लागि घोषित स्थानीय निर्वाचनलाई सफल बनाउनु पर्ने वताए । ।

महामन्त्री कोइरालाले स्थानीय निर्वाचन घोषणा भएकाले अव त्यसलाई सफल बनाउनुको विकल्प छैन् भन्दै चुनावमा सक्रियताका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिए।
मधेसी मोर्चा असन्तुष्ट हुँदा संविधान कार्यान्वयनमा चुनौती भएको बताउँदै उहाँले मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्ने दायित्व काँग्रेसमाथि आएकाले यसका लागि मोर्चासँग छलफल गरी अगाडि बढ्ने बताए ।

महामन्त्री कोइरालाले आगामी वैशाख ३१ गतेलाई निर्वाचनको मिति तय गरिएकाले मधेसी मोर्चासहितका असन्तुष्ट दलहरुसँग वार्ता गरेर समस्याको समाधान गर्ने बताउँदै सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा काँग्रेस जिल्ला सभापति विष्णु लामिछाने, काँग्रेस नेता कृष्णचन्द्र नेपाली, क्षेत्र न।३ का क्षेत्रीय सभापति जगतबहादुर कार्की, क्षेत्रीय सचिव धनसिङ बोहोरालगायतले स्थानीय चुनावमा काँग्रेस भूमिकाका विविध पक्षमाथि प्रकाश पारेका थिए ।