सम्पादकीय

अतिवाद र विखण्डनकारीविरुद्ध लड्न नेपाली सेना तयार



काठमाडौं, १३ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिक अतिवाद र विखण्डनकारी शक्तिलाई निस्तेज बनाउन सेना सधैं तयारी अवस्थामा रहेको बताएका छन् ।

नेपाली सेना दिवसको अवसरमा सेनापति क्षत्रीले दिएको शुभकामना सन्देशमा विखण्डनवादी शक्तिहरुले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुका साथै केही समूहले हतियार उठाउने धम्की दिइरहेको भन्दै सेनापति क्षत्रीले त्यसका विरुद्ध कारबाहीका लागि सेना सधैं तयारी अवस्थामा रहेको बताएका हुन् ।

यस्ता अभिव्यक्रि र गतिविधिले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको उनको भनाइ रहेको नागरिकमा समाचार छ ।