Banner News

मेची–महाकाली अभियानमा प्रशिक्षण सहित १० हजार स्वयंसेबकः ५० लाख जनता परिचालन हुने



काठमाडौं, १४ फागुन । एमाले फागुन २१ गतेबाट सुरु हुने मेची–महाकाली अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन १० हजार भन्दा बढी स्वयंसेबक परिचालन गर्ने भएको छ । अभियानको तयारीका विषयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । १० हजार स्वयसेबकलाई प्रशिक्षण दिने भएको छ ।
‘सुरक्षा र अन्य कामका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म स्वयंसेवको व्यवस्था गरिनेछ, यो अभियानमा देशभर १० हजार स्वयंसेवकहरुलाई आवश्यक तालिम र प्रशिक्षणसहित परिचालित गरिनेछ’ पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, गएिको छ । अभियानमा ५० लाख भन्दा बढी जनतालाई परिचालन हनेछन् ।
पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले अभियान तयारीका विषयमा भइरहेको कामबारे समीक्षा गरेको थियो । अभियानको सिलसिलामा एमालेका सातवटै प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी र अन्य मातहतका कमिटीसहित जनसंगठनहरुका तहगत बैठकहरु सम्पन्न भैसकेका छन् ।

सबै जिल्लामा अभियानका टोलीहरु निर्माण गरी घरदैलो कार्यक्रम, पर्चा तथा अपिल वितरण, स्वयंसेवकको तयारी र प्रचार टिमको निर्माण, खाना तथा आवासको तयारीका कामहरु तीव्र गतिमा भइरहेको रिर्पोटिङ बैठकमा गरिएको थियो । अभियानमा पार्टी अध्यक्ष, बरिष्ठ नेताहरु, केन्द्रीय नेताहरु, सासंदहरु सहितको एक हजार जनालाई सम्बन्धित जिल्लामा पार्टीका शुभचिन्तका घर–घरमा आवासको ब्यवस्था मिलाउनका लागि तयारी भइरहेको छ । स्थायी टीममा स्वयंसेवक, स्वथ्यकर्मी, कलाकारहरु, सञ्चार टिम पनि स्थायी रुपमा रहने वताइएको छ ।

अभियान राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले सञ्चालित गरिएको र संविधान कार्यान्वयन, सबै तहको निर्वाचनको सुनिश्चितता गर्दै मुलुकको समृद्धिको दिशामा ठोस योगदानसमेत गर्ने भन्दै एमालेले मेची–महाकाली राष्ट्रिय अभियानमा सबै राजनीतिक दलहरु, संघ सस्थाहरु, नागरिक समाज साथै आमजनसमुदायबाट सकारात्मक सहयोगको अपेक्षा गरेको वताएको छ ।

आज बसेको बैठकले बैठकले फागुन १२ गते जनकपुरमा धनुषा क्षेत्र नं।५ का अध्यक्ष तथा पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष शीतल शाहमाथि भएको सांघातिक आक्रमणको निन्दा र भत्र्सना गरेको छ । घटनामा संलग्न अपराधीहरुलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण समेत गरेको छ ।