Banner News

गृहमन्त्री निधि भने–एमालेलाई राजनीतिबाट किनारा लगाउनु पर्छ एमालेमुक्त देश बनाउनु पर्छ



लहान, १६ फागुन । देशम गृहमन्त्री विमलेन्द्र निधि छन् । निधि नेपाली कांग्रेसका नेता पनि हुन् । उनको प्रमुख काम देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु हो । तर, उनी आफै प्रमुख प्रतिपक्ष पार्टीका कार्यक्रमलाई विथोल्ने निर्देशन दिदै हिडिरहेका छन्, देशमा कसरी शान्ति सुरक्षा कायम हुन सक्छ

। सरकारले निर्वाचन घोषणा गरिसकेको अवस्थामा गृहमन्त्रीको यस्तो भाषणले पक्कै पनि निर्वाचनको वातावरण बनाउँदैन, विर्गाछ । के गृहमन्त्री निधि निर्वाचन विथोल्ने अभियानका कतै डिजाइनर त होइनन ?
नेपाली कांग्रेस समद्ध नेपाल महिला संघले सिराहामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निधिले एमालेलाई राष्ट्रघाती आरोप लगाउँदै लखेट्न निर्देशन दिएका छन् ।

संविधान संशोधन मार्फत ५ नम्बर प्रदेशमा पहाड र तराई छुट्याउनेगरी संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गरेको सरकारका गृहमन्त्री निधिले पहाड र तराईलाई मिलाउन संविधान संशोधन ल्याइएको दावी गरे । उनले संविधान संशोधन प्रस्तावका पक्षमा भोट नहाले एमालेलाई लाठो लिएर लखेट्न गृहमन्त्री निधिले आव्हान गरेका थिए ।

‘हामीले पहाड र मधेसलाई मिलाउन संविधान संशोधन प्रस्ताव ल्याएका छौं, यो प्रस्तावका पक्षमा एमालेले भोट नहाले भण्डाफोर गरी लखेट्नु पर्छ’ निधिले भने, ‘गाउँ गाउँमा जानुस् एमालेलाई राष्ट्रघाती भन्नुस्, एमालेका गतिविधि हुन थाले भने लखेट्नुस् ।’

एमालेले जे जे भन्यो त्यही त्यही पत्याएको भन्दै गृहमन्त्री निधिले आम नागरिकप्रति पनि आक्रोश पोखे । ‘एमाले राष्ट्रघाती हो, हामी राष्ट्रवादी हौं’ निधिले भने, ‘एमालेले जे जे भन्यो त्यही पत्याएर पछि नलाग्नुस्, अव एमालेलाई राजनीतिबाट किनारा लगाउनु पर्छ एमालेमुक्त देश बनाउनु पर्छ ।’

एमालेले संविधान संशोधनमा सहयोग नगरेको वताउँदै आफ्नो भाषणको पुरै समय एमाले विरुद्ध खनिएका निधिले संविधान संशोधन पारित नगरे चुनाव पनि नगरिने चेतावनी दिए । गृहमन्त्री निधि र कांग्रेस सांसद महेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध ब्यक्तिगत विरोधमा उत्रेका थिए ।