शैक्षिक

नेपाल र भारतबीच रेस्लिङ भिडन्त हुने



काठमाडौं,१६ फागुन । पोखरामा फागुन १८ देखि २१ गतेसम्म रेस्लिीङ खेल हुने भएको छ । नेपाल र भारतबीच हुने खेलका लागि भारतबाट आइतबार आठ जना खेलाडी नेपालमा आएका छन् ।

नेपाल रेस्लिङ रिङ्ग एसोसिएसनले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपालबाट नुवाकोटे टाइगर, युभ, सागर, म्याक्स मन, लिगार्ड, सुनिता थापा र कुबेर केसी रहेका छन् ।

नेपाल रेस्लिङ एसोसिएसनकी महासचिव सुवर्ण श्रेष्ठका अनुसार भारतका खेलाडीहरु मनिश, आरडीएक्स, डेनी, नेली, ज्याक हेम्मर, ज्याक, फ्लयास र रक्की नेपाल आएका छन् । खेलको कोच सुनिता थापा रहेकी छिन् ।