काठमाण्डौ,१७ फागनु । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुनिर्वाचनमा अनेरास्ववियु अहिलेसम्म अग्रता लिएको छ । अहिलेसम्म १७ वटा क्याम्पसमा विजयी भएको समाचार छ । विजयी भएका १७ क्याम्पस मध्ये पाँच वटामा महिला विजयी भएका छन् ।
अहिलेसम्म उपत्यका बाहिरका १५ र उपत्यकाको एक क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । अनेरास्ववियुले दिएको जानकारी अनुसार पाटन बहुमुखी क्याम्पस बैतडीमा महेशप्रसाद भट्टको टीम विजयी भएको छ । त्यसैगरी सल्यान बहुमुखी क्याम्पस सल्यानमा रामबहादुर खत्रीको टीम विजयी भएको छ ।
त्यसैगरी माण्डव्य बहुमुखी क्याम्पस पाल्पामा नविन वस्यालको टीम विजयी भएको छ । शक्ति क्याम्पस बझाङमा पनि अनेरास्ववियु विजयी भएको छ । त्यहाँ ईश्वर सिंहको टिम विजयी भएको अनेरास्ववियुले जानकारी दिएको छ ।
अमरदीप क्याम्पस,सुर्खेत हरि देवकोटा र सिद्धदेवी क्याम्पस,पाचथरमा रबिन सम्वाहान्फे लिम्बूको टिम विजयी भएको छ । काठमाडौ कुलेश्वर क्याम्पस, काठमाडौँमा सुशील गिरीको टिम विजयी भएको छ । कृष्ण स्नातक लाली क्याम्पस,दार्चुलामा कमला पन्त र खप्तड आदर्श क्याम्पस ,डोटीमा रमेश पचेराको टिम विजयी भएको छ ।
बझाङ क्याम्पसमा पूजा कार्कीको टिम विजयी भएको छ । आदर्श बुहुमुखी क्याम्पस धादिङमा रुपक गिरीको टिम विजयी भएको छ । हनुमन्तेश्वर क्याम्पस काभ्रेमा सन्तोष दाहालको टिम विजयी भएको छ । खोटाङ क्याम्पस खोटाङमा सन्तोषी फूयालको टिम विजयी भएको छ । कानपुर क्याम्पस काभ्रेमा सुनिता तामाङ र उध्द–बुध्द बहुमुखी क्याम्पस,पाल्पामा नविन आचार्यको टिम विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस्